बिस्तारपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय



काठमाडौं।मन्त्रिपरिषद् विस्तारपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको छ।

बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने सहित विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको छ ।

त्यसैगरी, क्रसर उद्योगका विषयमा सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने निर्णय बैठकले गरेको छ । देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेकाले हाल बन्द गरिएको छ ।सरकारले उखुको मूल्य प्रति क्विन्टर ५४० रुपैयाँ तोकेको छ । त्यस्तै, उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ ।
बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री रेखा शर्मालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्