दिप्लीघाट र बर्खुघाट मोटरेबल पुलको काम सुरु नभएपछि अध्यक्ष राई आक्रोशित, सामाजिक सञ्जालमार्फत लेखे यस्तो…



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले सम्झौता गरेका योजनाको काम तत्काल सुरु गर्न नेपाल निर्माण ब्यसायी महासंघका अध्यक्ष रबि सिंहलाई आग्रह गरेका छन् ।

सम्झौता अनुसार एक बर्षअघि नै सम्पन्न भइ सक्नुपर्ने योजनाको निर्माण अझै सुरु नभएपछि अध्यक्ष राईले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराउँदै सिंहलाई सो आग्रह गरेका हुन्।

गाउँपालिकाभित्र पर्ने दिप्लिघाट मोटरेबल पुल गत आर्थिक बर्षमै सम्पन्न गर्ने गरि २०७५ सालमा अध्यक्ष सिंहको निर्माण कम्पनी महादेव खिम्ति हिराचन जेभीले ठेक्का सम्झौता गरेको थियो । सोही कम्पनीले ३३ महिनाभित्र सम्पन्न गर्ने गरि २०७७ सालमा सम्झौता गरेको बर्खुघाट मोटरेबल पुलको पनि उद्घाटनबाहेक बिधिवत रूपमा अन्य निर्माण कार्यको सुरुवात अझै हुन सकेको छैन।

सडक बिभाग,पुल महाशाखा अन्तर्गतका क्रमशः १० करोड ९८ लाख र ११ करोड ६० लाखका ती दुई आयोजनाको काम सुरु नभएपछि स्थानीय आक्रोशित छन्।ठेक्का सम्झौता अनुसार काम गर्न विभिन्न माध्यमबाट पटकपटक ताकेता गर्दा पनि सम्बन्धित पक्षबाट सुनुवाइ नभएपछि आफुले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएको अध्यक्ष राईको भनाई छ।

अध्यक्ष राईले सामाजिक सञ्जालमा लेखेका छन्-

श्री रवि सिं , महादेव खिम्ति हिराचन जेभि
तपाईंले निम्न फरक मिति र बजेटमा थुलुङ दुधकोसी गाउँपालिका भित्र पर्ने सडक विभाग , पुल महाशाखा अन्तर्गतका दुईवटा महत्वपुर्ण मोटरेवल पुलको ठेक्का पार्नु भएको ( design and bid method ) तर आयोजना निर्माण भैसक्नुपर्ने अवधि बितिसक्दा समेत काम शुरु नै नगरेको तथा फोन/ म्यासेज र प्रत्यक्ष भेटघाट गरेर अनुरोध गर्दा समेत वेवास्ता गरि काम शुरु नगरेको हुनाले सामाजिक सन्जाल मार्फत तपाईंको ध्यानकर्षन गराउँदछौं ।
#दिप्लीघाट #मोटरेवलपुल :-
सम्झौता मिति : २०७५/०३/२४
आयोजना सम्पन्न गर्नुपर्ने : २०७८/०३/२३
लागत रकम : १० करोड १८ लाख ।
#बर्खुघाट #मोटरेबल पुल :-
सम्झौता मिति : २०७७/०५१०
आयोजना सम्पन्न हुनुपर्ने : ३३ महिनाभित्र
लागत रकम : ११ करोड ६० लाख ।

प्रतिक्रिया दिनुहोस्