गृहको जगेडामा तानिए सुन तस्करी प्रकरणमा जोडिएका महानिर्देशक अधिकारी
काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी मन्त्रालय तानिएका छन्।

सुन तस्करीमा जोडिएका तिब्बती मूलका बेल्जियम नागरिक दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले बिहिवार छानबिनका लागि मन्त्रालय तानेको हो।उनलाई अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।

