रातो मासु मुटु रोगीका लागि अत्यन्त घातक : अध्ययन

न्युज एजेन्सी
दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् ।

त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ । अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्याउने देखिएको छ ।”

