शिक्षक आन्दोलनलाई सोलु कांग्रेसका तीन युवा नेताको समर्थन
काठमाडौं,२५ चैत। शिक्षा विधेयक जारी गर्नुपर्ने लगायतका मागहरु राखेर ६ दिन यतादेखि आन्दोलन गरिरहेका शिक्षकहरुकाे आन्दोलनलाई साेलुखुम्बु कांग्रेसका दुई युवा नेताले समर्थन जनाएका छन ।

साेलुखुम्बुवाट आन्दोलनमा सहभागी हुन आएका शिक्षकहरुकाे उपस्थितिमा काठमाडौ आन्दोलनकाे समिक्षात्मक अन्तर्क्रिया गर्दै युवा नेताद्वय दावागेलु पाख्रीन ‘राजु’र नवीन थापाले ऐक्यबद्धता जनाएका हुन । कार्यक्रम वाेल्दै नेपाली काङ्ग्रेस साेलुखुम्बुका प्रशिक्षण विभाग प्रमुख पाख्रिन ‘राजु’ले शिक्षकले उठाएका माग जाहेज भएकाले सरकारले समयमै सम्बोधन गर्नुपर्ने वताए ।
त्यस्तै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नवीन थापाले शिक्षकहरुका मागका विषयमा सरकार संवेदनशील नहुँदा समग्र विद्यालय शिक्षा तहसनहस भएकाेले तत्काल वार्ताद्वारा समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
साेहि कार्यक्रम वाेल्दै नेविसंघ्का केन्द्रीय सदस्य बाबुराम आचार्यले शिक्षककाे आन्दोलनप्रति नेवि सङ्घ केन्द्रीय समितिकाे पनि पुर्ण समर्थन रहेकाे र शिक्षक समाजकाे ज्याेति भएकाले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने बताए।
कार्यक्रममा नेपाली काँग्रेस काेशी प्रदेस सम्मेलन सदस्य कैलास केसि, नेपाल शिक्षक संघ काेशी प्रदेश कार्य समितिका उप महासचिव (अर्थ) लक्ष्मण कार्की,शिक्षक महासंघ साेलुका अध्यक्ष जनक थापा,शिक्षक संघका अध्यक्ष मदन राई,शिक्षक संगठनका अध्यक्ष खिलक कार्की, राष्ट्रिय शिक्षक संगठनका राेलकुमार वस्नेत , आन्दोलन परिचालन समिति साेलुखुम्बुका संयाेजक प्रकाश राई लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

