नेकपा एमाले जिल्ला कमिटीको १४ औं पूर्ण बैठक असोज २ गते,अनेरास्ववियुको ९ गते बस्ने



सोलुखुम्बु ।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको १४ औं पूर्ण बैठक असोज २ गते बस्ने भएको छ।

पार्टी अध्यक्ष मानबीर राईको अध्यक्ष ता तथा केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्जार्ज किशोर अधिकारीको उपस्तिथिमा गत साता सम्पन्न १३ औं पूर्ण बैठकको निर्णय अनुसार असोज २ का लागि जिल्ला कमिटीको बैठक बोलाइएको संगठन बिभाग प्रमुख हर्क राईले जानकारी दिए।नेकपा एमाले स्थायी समिति र केन्द्रीय समितिको पार्टी संगठनलाई २०७५ जेठ २ गते फर्काउने निर्णय कार्यान्वनका लागि गत साता सम्पन्न बैठकको निर्णय अनुसार थप गरिएका जिल्ला कमिटी सदस्य तथा पदाधिकारीहरुको सपथ ग्रहण
बाँकी कार्यबिभाजन र कार्ययोजना निर्माण लगायतआ बिषयमा बैठकमा छलफल हुने उनले बताए ।

भदौ १९ गते बसेको १३ औं बैठकले अघिल्लो बैठकका एजेन्डाहरुलाई अनुमोदन गर्दै ७० सदस्यीय जिल्ला कमिटीलाई १ सय ९१ बनाएको थियो ।बिस्तारित जिल्ला कमिटीमा माओवादी केन्द्र र अन्य पार्टीहरुबाट एमालेमा समाहित जिल्लास्तरीय नेताहरूलाई समाहित गरिएको उनले राइको भनाई छ।

सोही बैठकले पार्टीका विभिन्न चारवटा बिभाग समेत गठन गरेको थियो ।जस अनुसार स्थानीय तह बिभागमा डुफकुमार बास्तोला,संगठन बिभाग प्रमुखमा हर्कबहादुर राई,आर्थिक बिभाग प्रमुखमा रामकाजी श्रेष्ठ र प्रचार बिभाग प्रमुखमा बीरउदास श्रेष्ठ चयन गरिएको बताईएको छ।

उता सोही पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बुले पनि जिल्ला कमिटीको बैठक बोलाएको छ।असोज ९ गते एमाले पार्टी कार्यालयमा बस्ने सो संगठनको जिल्ला कमिटी बैठकमा
अनेरास्ववियु केन्द्रीय कमिटीका प्रतिनिधि , बिद्यार्थी इन्चार्ज तथा नेकपा एमाले जिल्लाका नेताहरुको बिशेष उपस्तिथि रहने अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्