पूर्वेली लोकलयमा ‘करुवाको पानी’ को भिडियो सार्बजनिक ( भिडियो सहित)
काठमाडौं,१७ बैशाख । पूर्वेली लोक लयमा आधारित मौलिक गीत ‘करुवाको पानी’ को लिरिकल भिडियो जेपिजे इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ ।

सार्वजनिक गीतमा शब्द दिपेन्द्र खडका, स्वर तपस्या राई, संगीत बिकाश चौधरी, एरेन्ज बुद्ध स्याङ्वा, सम्पादन प्रेम शर्मा पौडेल, निर्माता किशोर सुब्बा रहनु भएको छ । किशार सुब्बा चलचित्र निर्माता तथा निर्देशक हुनुहुन्छ ।
गत महिना जेपिजे इन्टरटेन्मेन्टको प्रस्तुती, गायिका तपस्या राईको स्वर र बिकाश चौधरीको संगीतमा ‘टेन्सन भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो ।

