सोलुखुम्बु : एमालेका प्रभावशाली नेता राजभण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने




सोलुखुम्बु ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुका प्रभावशाली नेता बुद्धिकुमार राजभण्डारीले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशनमा आफुले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

जिल्लाको प्रदेश ‘खु’ बाट प्रदेशसभामा निर्बाचित राजभण्डारी हाल नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ।लामो समयदेखि बामपन्थी राजनीतिमा सक्रिय राजभण्डारीले सोलुखुम्बु एमालेको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्नुभएको छ।

१ नं प्रदेश कमिटी सदस्यको जिम्मेवारी कुशलतापूर्बक निर्बाह गरिरहनुभएका वहाँले हालसम्म पनि सोलुखुम्बुले एउटा पनि केन्द्रीय सदस्य पाउँन नसकेको बताउंदै त्यसको परिपुर्तिका लागि आफुले उम्मेदवारी घोषणा गरेको रहस्यखबरलाई बताउनुभयो।

अग्रजहरुको सम्मान गर्दै युवा पुस्तालाई सक्रिय बनाउनु पनि आफ्नो उम्मेदवारीको उद्देश्य रहेको राजभण्डारीको भनाई छ। ‘सुखी नेपाली,समृद्ध नेपाल’ को जुन अभिष्ट अध्यक्ष केपी शर्मा ओलीले लिनु भएको छ,त्यसलाई सफलिभूत बनाउनका लागि पनि हामी जस्ता युवाहरू केन्द्रमा पुग्नु जरुरी छ, त्यस कारण पनि मैंले उम्मेदवारी दिने निर्णय गरेको हुँ,-राजभण्डारीले भन्नुभयो ।

पछिल्लो समय जुन रूपमा एमालेबिरुद्ध चौतर्फी घेराबन्दी भइ रहेको छ त्यसलाई असफल बनाउनका साथै राष्ट्रियता र जनजिविकाका कुराहरूलाई सशक्त ढंगले अगाडी बढाउनका लागि पनि युवा नेतृत्वको योगदान महत्वपूर्ण हुन्छ, राजभण्डारीले भन्नुभयो ‘ त्यसका लागि सबै महाधिवेशन प्रतिनिधिहरुले मलाई मतदान गरी बिजयी गराउनु हुनेछ भन्ने बिश्वास लिएको छु।’

प्रतिक्रिया दिनुहोस्