कांग्रेस नेतृ खनालद्धारा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौ २० चैत्र । नेपाली कांग्रेसकी नेतृ रिता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छिन् ।
नेतृ खनालले आज विहान फेसबुकमा स्टाटस लेख्दै आफ्ना मन्त्रीले भ्रष्टाचार गरेपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने दावी गरेकी हुन् । उनले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न पनि सुझाव दिएकी छिन् । कोरोना भाइरस नियन्त्रणका लागि चीनबाट ल्याइएको सामग्री कमसल भएको सरकारले स्वीकार गरेर ओम्नी कम्पनीसँग सम्mभौता पनि रद्ध गरिसकेकाले सरकारले नै भ्रष्टाचार भएको स्वीकार गरिसकेकाले सरकारको वास्तविक चरित्र देखिएको उनको भनाई छ ।
खनालले भ्रष्टाचारको ढाकछोप गर्न सरकार, मन्त्री र नेकपाका कार्यकर्ता लागिपरेकामा समेत उनको आपत्ति छ । उनले अन्य बिरामीले पनि अस्पतालमा सेवा नपाएकामा समेत उनको गुनासो छ । यो असहज अवस्थामा सरकारले जनताको जीवनमाथि खेलवाड गरेकाले तत्काल सही बाटोमा लाग्न समेत उनले आग्रह गरेकी छिन् ।