धादिङका नेता सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं, १६ असोज । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनमा गगन–शेखर समूहबाट केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका थिए । गत पौषमा भएको पार्टीको विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर उनी अन्तिम समयमा आएर पछि हटे। त्यतिबेला सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

सापकोटाले कांग्रेसको यो महाधिवेशनले पार्टीमा मात्रै नभएर युवाहरुमा पनि एक किसमिको बेग्लै तरंग ल्याउने बताएका छन् । ‘यो महाधिवेशनलाई निकै अर्थपर्ण रुपमा हेरिएको छ किनभनें अबको नयाँ कांग्रेसले रुपान्तरणको एजेण्डा बोक्ने छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्