कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते,राष्ट्रिय सभा गृहमा हुने



काठमाडौं,१७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य–सचिव राजु कटुवालद्वारा शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मनोनयन पत्र दर्ता असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृह, काठमाडौंमा हुनेछ।

समितिले तोकिएको समयभित्र योग्य उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई सूचित गरेको छ।
निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।

विज्ञप्तिमा उम्मेदवारको मनोनयन दर्ताका लागि तोकिएको समयसीमा पालना गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्