थुलुङ दुधकोशीको अर्को गौरवको आयोजना : पन्चन वाटर लिफ्टिङको काम सुरु



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँ पालिकाको वडा नं -३ पन्चनमा खानेपानी समस्याको दीर्घकालीन समस्या समाधानका लागि दुधकोशी नदीबाट खानेपानी लिफ्टिङ योजना सुरु भएको छ।

जिल्लाकै सुख्खा क्षेत्रको रुपमा चिनिने साविकको पन्चन गाबिसमा खानेपानीको अभाव पुर्तिका लागि सुरु गरिएको पन्चन वाटर लिफ्टिङ आयोजना करिब १२ करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।अध्यक्ष राइले गाउँपालिकाको गौरवका रूपमा रहेको यो योजनाका लागि सहयोग तथा समन्वयका गरेको भन्दै सोलुखुम्बु जिल्ला प्रदेश ‘क’ का सांसद उत्तम कुमार बस्नेत लगायत प्रदेश नं १ सरकारलाई धन्यवाद तथा आभार पनि प्रकट गर्नुभएको छ।

तत्कालीन जिल्ला खानेपानी कार्यलय तथा जिबिस लगायतबाट खानेपानी समस्या समाधानका लागि गरिएका प्रयास औचित्यहिन र करोडौं खर्च बालुवामा पानी हाले सरह भएको टिप्पणी गर्दै अध्यक्ष राईले पन्चनबासीले सो नियति भोग्नु नपरोस् भन्ने अभिप्रायले स्रोतको उचित पहिचान गरी यो महत्वपूर्ण आयोजना शुरु गरिएको जानकारी दिनुभयो । आयोजनाको काम सम्पन्न भएपछि पन्चनवासीले फेरी खानेपानीका लागि बिगतको जस्तो सास्ती भोग्नु नपर्ने बिश्वास व्यक्त गर्दै अध्यक्ष राईले आयोजना सम्पन्न गर्नका लागि सकरात्मक सहयोग गर्न सम्बन्धित सबैसँग अपिल समेत गर्नुभएको छ।

कोरोना महामारीकाबीच झन्डै एक महिना अघि निर्माण कार्य सुरु गरिएको बताउंदै अध्यक्ष राईले निर्माण कार्य सम्पन्न गर्न झन्डै दुई बर्ष लाग्ने रहस्य खबरलाई बताउनु भयो।

 

 

प्रतिक्रिया दिनुहोस्