गजल



मुस्कान “मुस्कान”

सरकार देखि सिकेको संस्कार हो।
मैले पनि जानेको यही भ्रष्टाचार हो।

सुटुक्कै खल्तीमा उपहार आएपछि,
घटना फेरबदल गर्ने अख्तियार हो।

सुन काण्ड, बलात्कार काण्ड आदि,
यो पावर र पहुँच हुनेको व्यापार हो।

कसैमाथि अत्याचार नहोस् महोदय,
हाम्रो जीवन दुई दिनको उपहार हो।

तपाई इमान्दार भएर कार्य गर्नुहोस्,
राष्ट्रले दिएको एउटा जिम्मेवार हो।
धनकुटा,पाख्रीबास-१०

प्रतिक्रिया दिनुहोस्