सुनचाँदीको कारोबार सुरु,प्रतितोला १० हजार बड्यो सुन



काठमाडौं २५ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको झण्डै सांढे दुई महीनापछि सुनचाँदीको कारोबार शुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघले आइतवारबाट लागू हुने गरी सुनचाँदीको मूल्य तोकेको हो । लकडाउनका कारण कारोबार गत चैत ११ गतेदेखि महासंघले सुनचाँदीको दरभाउ वितरणसमेत बन्द गरेको थियो ।

महासंघले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया शुरु गरेका कारण सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालन हुने बताएको छ ।

महासंघले प्रतितोला रू।८७ हजार ४०० तोकेको छ भने तेजावी सुनको मूल्य प्रतितोला रू।८६ हजार ९६० तोको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू।९२५ कायम गरिएको छ ।

गत चैत १० सुनको मूल्य प्रतितोला रू।७७ हजार कायम थियो । झण्डै साँढे दुई महीनापछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला करीब रू।१० हजार ४०० ले बढेको छ । त्यसो त चाँदीको मूल्य पनि तोलामा रू।२०५ ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्