कोरोना संक्रमण खतराका हिसाबले सोलुखुम्बु न्यून जोखिममा
काठमाडौं, २२ बैशाख ।कोरोना भाइरस (COVID-19) संक्रमण जोखिमका हिसाबले प्रदेश नं १ को हिमाली जिल्ला सोलुखुम्बु न्यून जोखिम अर्थात ग्रीन जोनमा परेको छ। सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने तयारी गरिरहँदा कोरोना संक्रमण फैलन सक्ने खतरा का हिसाबले गर्न लागेको वर्गीकरणको सूचीमा सो जिल्ला ग्रीन जोनमा परेको बताइएको छ।सुरक्षा श्रोतका अनुसार प्रदेश नं १ का ८ जिल्लालाइ उच्च जोखिम९रेड जोन० र ४ जिल्लालाइ आंशिक जोखिम९एल्लो जोन० मा राखिएको छ। उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा रहेको कोभिड( १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले रणनीतिक रायसुझाव पेस गर्दै रेड जोनमा रहेका जिल्लाहरुमा थप १५ दिन लकडाउन गर्न सुझाव दिएको छ।
श्रोतका अनुसार जोखिम क्षेत्र अर्थात् रेडजोनमा प्रदेश राजधानी विराटनगरअवस्थित मोरङ जिल्ला पनि छ । प्रदेश १ को उदयपुरमा २८, झापामा दुई र भोजपुरमा एक जना गरी प्रदेशभरि ३१ जना संक्रमित फेला परिसकेका छन् ।
स्रोतका अनुसार प्रदेशका तराई–मधेसमा अवस्थित जिल्लाहरू झापा, मोरङ र सुनसरी तथा भित्री मधेसको उदयपुरसहित पहाडी जिल्ला इलाम, तेह्रथुम र भोजपुर रेडजोनमा छन् । यसैगरी हिमाली जिल्ला ताप्लेजुङलाई पनि उच्च जोखिमपूर्ण क्षेत्रमै राखिएको छ ।
धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गा आंशिक जोखिम अर्थात् ९एल्लो जोन० मा परेका छन्। । प्रदेशहरूबाट प्राप्त सुझावका आधारमा सरकारले लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने तयारी गर्ने संघीय सरकारले यश अघि नै जानकारी गराइसकेको छ।