उपप्रमुख राइको संयोजनमा बांडियो तिङलाका १११ परिवारलाई राहत




डिल्ली शर्मा
सोलुखुम्बु , २० बैशाख । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ तिङ्लामा राहत बितरण गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ११ नं वडा कमिटीको आयोजनामा स नगरपालिकाकि उपमेयर कल्पना राइले सो राहत बितरण गरेकी हुन।बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक गुजारा मा समस्या उत्पन्न भएका स्थानीय बिपन्न १ सय ११ परिवारलाई राहत बितरण गरिएको नेकपा जिल्ला नेता शोभित बस्नेतले जानकारी दिए।बस्नेतका अनुसार उनीहरुलाइ १ बोरा चामल, १ लिटर खानेतेल, नुन र साबुन राहतस्वरूप उपलब्ध गराइएको थियो। नेकपा ११ नं। वडा कमिटीले नेकपा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त आर्थिक तथा भौतिक सहयोगबाट ब्यबस्था मिलाइएको सो राहत निश्चित मापदण्डका आधारमा नगर उपप्रमुख राईले स्थानीय बिपन्न परिवारलाई बितरण गरेको बताइएको छ।उपप्रमुख राइको संयोजनमा भएको यो सहयोगबाट संकटको बेलामा आफुहरुलाइ ठूलो राहत मिलेको स्थानीयको प्रतिक्रिया छ।पार्टी जिल्ला कमिटीका नेताहरु, नगर कमिटी अध्यक्ष रामकाजी श्रेष्ठ , सचिव दावातेन्जी शेर्पा,११ नम्बर वडा कमिटीका अध्यक्ष नरबहादुर कट्वाल लगायतका नेताहरु राहत वितरणमा सहभागी थिए ।

यसअघि उपमेयर राईकै समन्वय तथा जिल्ला पार्टी कमिटीको पहलमा १३७ जना तिङ्लालीलाई राजधानीबाट उद्दार गरि घरसम्म फि ल्याईएको जानकारी पनि बस्नेतले दिए।नगरपालिकाले राहत तथा उद्दारमा संस्थागत निर्णय गरेर काम गर्न नसकेपछि नगर उपप्रमुखले आफ्नो पार्टीको सहयोगमा क्रियाशिलता देखाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्