कालिका आ.वि.पूर्व समाजको प्रथम साधारण सभा सम्पन्न
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु,३० असोज । जिल्लाको नेचासल्यान गाउँपालिकास्थित श्री कालिका आधारभूत विद्यालय पूर्व समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले संस्थाको नाम संशोधन गरी ‘श्री कालिका आधारभूत विद्यालय सरोकार समाज’ कायम गर्ने निर्णयसमेत गरेको छ। सभाले रोहित कुमार शर्माको अध्यक्षतामा दोस्रो कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन समेत गरेको छ।

विद्यालयका संस्थापक सदस्य लिलाराज फयलको विशिष्ट आतिथ्यता तथा कविप्रसाद कटेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रोहित कुमार शर्माले अध्यक्षता गरेका थिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष घनश्याम बास्तोला, सल्लाहकार सदस्यहरू मित्रलाल शर्मा, राजनकुमार बास्तोला र एकराज शर्मा, विशिष्ट सदस्य तथा सल्लाहकार खगिन्द्रराज बास्तोला र नेचासल्यान गाउँ कार्यपालिका सदस्य जयन्ता अधिकारीले सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका सचिव ख्यामराज कटेलले संस्थागत तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मिना कुमारी बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। समाजका सदस्य सोमप्रसाद बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
साधारण सभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा नगिन्द्रप्रसाद कटेल, सचिवमा ख्यामराज कटेल, सहसचिवमा सजिना बिक कोषाध्यक्षमा मिना कुमारी बास्तोला र सहकोषाध्यक्षमा सोमप्रसाद बास्तोला चयन भएका छन्।
त्यसैगरी,सदस्यहरूमा हरिप्रसाद कटेल,ठमकुमारी कटेल र पोकलप्रसाद कटेल चयन भएका छन्। होमप्रसाद कटेल र टेकप्रसाद कटेल पदेन सदस्य रहेका छन्।
वि.सं. २०८२ फागुन २८ गते विधिवत् रूपमा स्थापना भएको यस समाजले स्थापनाकालदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। हाल समाजमा १६ जना साधारण सदस्य, ६ जना आजीवन सदस्य र २५ जना विशिष्ट सदस्य रहेका छन्।
समाजको मुख्य उद्देश्य विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार ल्याउनुका साथै विद्यालयमा आधुनिक प्रविधिको विस्तारका लागि सहयोग गर्नु रहेको सचिव ख्यामराज कटेलले जानकारी दिए। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्यसहित समाजले आगामी दिनमा आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


