नवनिर्बाचित काँग्रेस सभापति थापाको सपथ शनिबार, अन्य पदाधिकारी र सदस्यहरुको दशैंपछि हुने
काठमाडौं,३० असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले फूलपातीको दिन शपथ गहण गर्ने भएका छन् ।

कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहणको कार्यक्रम रहेको जानकारी गराएको हो ।
१५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको २३१ पदको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो । शनिबार सभापतिको मात्र शपथ हुने र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको दसैंपछि शपथ हुने बताइएको छ ।


