मधेस प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरूले दिए सामूहिक राजीनामा



काठमाडौँ,३० असोज । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार मधेस प्रदेशमा संलग्न एमालेका मन्त्रीहरूले सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । उनीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई राजीनामा बुझाएका हुन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको सरकार थियो । अहिले कांग्रेसबाट मुख्यमन्त्री रहेका मधेसमा अल्पमतमा परेको देखिन्छ । केन्द्रमा कांग्रेस एमाले समीकरण फेरबदल भएपछि मधेशमा पनि फेरिएको हो ।

मधेस प्रदेशमा केन्द्रको निर्णय अनुसार कसले सरकार बनाउने भन्ने विषय टुङ्गिसकेको छैन । तर नेपाली कांग्रेससहित एमाले बाहेक अरु दलहरु मिलेर सरकार बनाउने अवस्था रहेको देखिन्छ । मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टी र अरु मधेसी दलहरूको पनि प्रदेश सभामा सिट प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्