पालिकाबासीको डेरा-डेरामा पुगेर बांडे अध्यक्ष बास्तोलाले राहत, काठमाडौंमा राहत उपलब्ध गराउने नेचासल्यान जिल्लाकै पहिलो गाउँपालिका



-डिल्ली शर्मा
सोलुखुम्बु , १९ बैशाख । बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका आफ्ना नागरिकहरुको केहि दिन अघि मात्र उद्दार गरेको नेचासल्यान गाउँपालिकाले राजधानी काठमाडौंमा राहत बितरण गरेको छ।
गाउँपालिकाबाट काठमाडौं उपत्यकामा गै अस्थायी बसोबास रहेका बिपन्न बर्ग,विद्यार्थी , श्रमिक र दैनिक ज्यालादारी नागरिकहरुलाइ तत्कालको समस्या समाधानका लागि राहत उपलब्ध गराइएको सो गाउँपालिकाले जनाएको छ।उपत्यकामा राहत बितरण सम्पन्न गरेसंगै अन्यत्र रहेका आफ्ना नागरिकलाई राहत बितरण गर्ने नेचासल्यान सोलुखुम्बुकै पहिलो गाउँपालिका बनेको छ।
बन्दाबन्दीका कारण समस्यामा परेपनि ब्यबहारिक कठिनाइ का कारण गाउँ फर्कन नसकेका बिपन्न नागरिकलाई उनीहरूको डेरामै पुगेर अध्यक्ष डुफकुमार बास्तोलाले राहत बितरण गरेको नेकपाका युबा नेता सुबाश जमरकटेलले जानकारी दिए।बिहिवार र शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा पुगि गरिएको राहत बितरणबाट ६९परिवारका २१२ जना लाभान्वित भए छन।

बिहिवार ३९ घरका ९६ जना र शुक्रवार ३० घरका ११६ जनालाई राहत बितरण गरिएको थियो। राहत
स्वरुप प्रतिपरिवार एक बोरा चामल, ३ जना सम्मको परिवारलाई २ केजी र सो भन्दा माथिको संख्यामा रहेको परिवारलाई ३ केजी दाल,खानेतेल र नुन उपलब्ध गराइएको जमरकट्टेलले बताए। नेचासल्यान गाउं कार्यपालिकाको बैठकले काठमाडौंमा समस्यामा रहेका नागरिकहरुको उद्दार गर्ने र राहत चाहनेहरुलाइ बसोबास गरेकै ठाउँमा राहत उपलब्ध गराउने निर्णय गत शनिबार गरेको थियो। सोही निर्णयका आधारमा यसै हप्ता ५ सय ९६ जना नागरिकहरुको उद्दार गरेको सो गाउँपालिकाले बन्दाबन्दीका कारण दैनिक गुजारामा समस्या उत्पन्न भएका स्थानीय ९ सय बिपन्न परिवारलाइ राहत उपलब्ध गराउनुका साथै नियमित औषधि सेवन गर्ने झण्डै ४ सय जनालाई निशुल्क विभिन्न खालका औषधि यस अघि नै बितरण गरिसकेको छ।

बिश्व ब्यापी महामारीले उत्पन्न गरेको अहिलेको संकटमा थोरै भएपनि राहत पुगोस् भन्ने अभिप्रायले गाउँपालिकाले आफ्ना नागरिकहरुलाइ सहयोग गरेको अध्यक्ष बास्तोलाले बताए। विवरण संकलनका क्रममा प्राप्त भएका सबै पालिकाबासीहरुलाइ खोजी खोजी राहत बितरण गरिए पनि अझै कतिपय छुटेका हुनसक्ने भन्दै बास्तोलाले माफी समेत मागेका छन। जनप्रतिनिधिको दायित्व भनेकै नागरिकको सेवा गर्नु रहेको बताउंदै बास्तोलाले भने- जनताको सुखदुःखमा नेचासल्यान संधै साथ रहनेछ।

प्रतिक्रिया दिनुहोस्