कोरोना भाइरसका कारण बितेको २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ८२९ पुग्यो



काठमाडौं १९ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ ।४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार ५५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ७३ हजार ४४४ जना संक्रमित छन् । एकै दिन २६ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३५ हजार २३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख ३ हजार ७२८ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३४ हजार ४८१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १८ हजार ७७३ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ५० पुगेको छ । अहिलेसम्म १८ हजार ६१० ले ज्यान गुमाएका छन् । २ लाख ६५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३५ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७२९ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ८५ हजार ६७ जना संक्रमित भएका छन् । ६९ हजार ५१९ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख २६ हजार ५९८ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ हजार ४९१ जनाको अवस्था गम्भीर छ । १ लाख ८८ हजार ९५० जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ७६ हजार ८१४ जनामा संक्रमण देखिएको छ । ८ हजार ७०२ जनाले ज्यान गुमाएका छन् । ६० हजार ९५ जना निको भएका छन् भने १ लाख ८ हजार १०७ जना उपचाररत छन् । ९ हजार ८०२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३९ हजार ७१३ संक्रमित भएका छन् । १ हजार ६३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३३१ जना संक्रमित भएका छन् । ११० जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ८२५ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।१५ हजार २२६ जनाको अवस्था गम्भीर छ । ८ लाख ७८ हजार ८३९ जना उपचाररत छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्