नगरप्रमुख शेर्पाको प्रशंसनीय काम, अलपत्र बिरामीको अस्पतालमै पुगेर गरे उद्दार



सोलुखुम्बु , ५ बैशाख ।नगरपालिका भित्र रहेका अपांग,अशक्त र वृद्ध बृद्दाहरुलाइ घरमै निशुल्क औषधि र डाक्टरी परामर्श सेवा उपलब्ध गराएका सोलुदुधकुण्ड नगरपालिका का मेयर नाम्गेल जाङबु शेर्पाले अस्पतालमा अलपत्र परेका बिरामीहरुको आफैं गएर उद्दार गरेका छन।

छिमेकी जिल्ला ओखलढुंगास्थित मिसन अस्पतालमा उपचारका लागि गएका बिरामीहरू बन्दाबन्दीका कारण अलपत्र परेको खबर पाएपछि त्यहाँ पुगेका शेर्पाले उनीहरुलाइ गन्तव्यसम्मको यात्रामा सहयोग गरेका थिए। त्यहाँ उपचार असम्भव भएपछि अर्को अस्पतालमा रिफर भएका र उपचारपछी घर जान नपाएर अस्पतालमै छट्पटाइ रहेका बिरामी र उनीहरुका आफन्तहरु मेयर शेर्पाले गरेको सहयोगबाट लावान्वित भएका छन।मेयर शेर्पाले नगरपालिकाको गाडि मार्फत एक बिरामीलाई बिहिबार नै काठमाडौ पठाएका छन् ।

अस्पतालमा उपचाररत नगरपालिकाको टाप्टीङ घर भएका बिजय राईलाई १० हजार आर्थिक सहयोग सहित काठमाडौ उपचारका लागि पठाईएको हो

। उनको खुट्टा फ्याक्चर भएको थियो भने अस्पतालले काठमाडौ रेफर गरेको थियो । त्यस्तै आर्थिक अभावका साथै गाडि नपाएर अलपत्र बनेका २ जना बिरामीको समेत उद्धार गरि ल्याईएको छ ।

मेयर शेर्पाले सोलुखुम्बु जिल्लाबाट गएर उपचार गराईराखेका विभिन्न रोगका बिरामी तथा गर्भवति महिलालाई आर्थिक सहयोग समेत गरेको बताइएको छ।अस्पताल पुगेका मेयर शेर्पाले जिल्लाबाट आइ उपचाररत अन्य बिरामीहरुको अवस्थाबारे समेत जानकारी लिएका थिए।बुबाको उपचारका लागी जिल्लाको नेचासल्यान ३ बाट अस्पताल आएका डिल्लीराम कटेलले भने,-‘नगरप्रमुख शेर्पाको यो प्रशंसनीय काम हो।जनप्रतिनिधि को परीक्षा संकटको बेलामै हुनेरहेछ।’

प्रतिक्रिया दिनुहोस्