मदन भण्डारी फाउण्डेशन सोलुखुम्बु गठन
सोलुखुम्बु ।
मदन भण्डारी फाउण्डेशन सोलुखुम्बुको प्रथम जिल्ला सम्मेलनले जगन्नाथ बास्तोलाको अध्यक्षतामा २७ सदस्यीय मदन भण्डारी फाउण्डेशन सोलुखुम्बुको गठन गरेको छ ।
मदन भण्डारी फाउण्डेशन १ नम्बर प्रदेश कमिटीका अध्यक्ष गोपाल गुरागाईं र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र नेकपा जिल्ला अध्यक्ष मानवीर राईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले गठन गरेको फाउण्डेशनको जिल्ला कमिटीमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हिमाल गिरी, सरस्वती कुलुङ र जुनिता माया मगर रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा दोर्जी जाङ्बु लामा, रामकाजी श्रेष्ठ, कल्पना नाछिरिङ राई, पोस्टकुमार कार्की, दाडोमा शेर्पा र मानवीर राई (सोताङ) रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए । कमिटीका अन्य सदस्यहरुमा प्रकाश कार्की, बिष्णुकुमार बस्नेत, दिनेशकुमार राजभण्डारी, डीबी खालिङ राई, उदयनारायण बस्नेत, देवकी थुलुङ, विजय तामाङ, दोमराज बास्तोला, अर्जुन रोक्का, भगवती गुरुङ, आशकुमार राई शिशिर, उत्तम घिमिरे, नरमाया राई, होमा कटेल, आकाश कुलुङ र निमराज तामाङ रहेका छन् ।
सम्मेलनमा नेपाल नेकपा जिल्ला कमिटी सोलुखुम्बुका कार्यालय सदस्य एवम् नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला मदन भण्डारी फाउण्डेशन १ नम्बर प्रदेश कमिटी सदस्य दीपक बुढाथोकी, नानीबाबु बुढाथोकी र मनोज राईलगायतको उपस्थिति रहेको थियो ।