दुर्गा भवानीको पूजा गरि आज महाष्टमी पर्व मनाईंदै
काठमाण्डौ-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । दशैँको आठौँ दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।