जमरकट्टेल सेवा प्रतिष्ठानकाे अगुवाइमा शिव मन्दिर निर्माण हुने



खगिन्द्र राज बास्तोला

सोलुखुम्बु , १६ मंसिर ।जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुने शिव मन्दिरकाे एक समाराेहका बिच शिलान्यास ( जगपुजा ) भएकाे छ । मीन र वृष राशीबाट शिलान्यास गर्नु पर्ने साइत अनुसार अग्रज बन्धुहरू चित्रप्रसाद जमरकट्टेल र इन्द्रप्रसाद जमरकट्टेलकाे संयुक्त बाहुलीबाट बुधबार सो मन्दिरको शिलान्यास गरिएको हो ।

जमरकट्टेल बन्धुहरूकाे लगानीमा नेचासल्यान गांउपालिका वडा नं ३ माझ गाउँमा निर्माण हुने शिव मन्दिरकाे अनुमानित लागत झन्डै ४० लाखकाे रहेकाे र उक्त रकम भारद्वाज गाेत्रिय जमरकट्टेल बन्धुहरूबाट जुटाउने जानकारी निर्माण समितिका अध्यक्ष मुक्ति जमरकट्टेलले दिए ।

प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद जमरकट्टेलका अनुसार शिलान्यास समारोहमा बटुकहरूबाट स्वस्तिवाचन तथा पुजा अर्चना हुनाका साथै रूद्धी पाठ गरिएकाे थियो ।स्वर्गीय अामा बालकुमारी गाैतमकाे स्मृतिमा छाेरी सर्मिला जमरकट्टेल गाैतम बाट रू १० हजार १ सय २० प्रतिष्ठान लाई नगद सहयाेग गर्नु भएकाे छ ।

उक्त कार्यक्रममा युवराज जमरकट्टेल द्वारा जेष्ठ महानुभावलाई न्यानाे टाेपी वितरण गर्नुका साथै प्रतिष्ठानकाे सदस्यता वितरण समेत गरिएकाे जानकारी महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्