खुम्जुङमा १ सय ११ जना कांग्रेसमा प्रवेश
खगिन्द्रराज बास्तोला

सोलुखुम्बु , १३ मंसिर- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ४ खुम्जुङमा नेपाली कांग्रेसको अन्तरक्रिया पार्टी र पार्टी प्रवेश कार्यक्रम सोलुखुम्बु सम्पन्न भएको छ ।
![]()
खुम्बु पासाङल्हामु गाउँपालिका पार्टी सभापति पेम्बा छिरिङ शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपाका १११ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा वडा नं ४ कमिटीका वडा सचिव पासाङ दावा शेर्पा, स्थानीय निर्वाचनमा नेकपाका प्रत्यासी अध्यक्षका उम्मेदवार कान्छा नुरु शेर्पा, वडा सदस्यका प्रत्यासी उम्मेदवार फुराटसी शेर्पा, सोनाम शेर्पा, महिला वडा सदस्य ङवाङ डोमा शेर्पा लगायतका कार्यकर्ताहरु नेकपा पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका खुम्बु पासाङल्हामु गाउँपालिका काङ्ग्रेस पार्टी प्रवक्ता पासाङ शेर्पाले बताउनुभयो।
कार्यक्रम आदिबासी जनजाति महासंघका केन्द्रीय सदस्य आङकाजी शेर्पा, काङ्ग्रेस नेता चुङ्बा शेर्पा, प्रेम थापा मगर र फुनुरु शेर्पा लगायत उपस्थिति रहेको थियो ।

