खुम्बु पासाङल्हामूको खरिखोलामा रक क्लाम्बिङ स्थापना



-खगिन्द्रराज बास्तोला
सोलुखुम्बु , १३ मंसिर -खुम्बु पासाङल्हामु गाउपालिका वडा नं १ खरिखोलामा रक क्लाईबिङ सेन्टर स्थापना गरिएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक बर्षमा बिनियोजन गरेको पाँच लाख रूपैयां र स्थानीय हरूको सहयोगमा निर्माण सम्पन्न भएको रक क्लाईबिङ सेन्टरको हालै उद्घाटन गरिएको हो।

खुम्बु पासाङल्हामु गाउपालिका वडा नं १ का वडाध्यक्ष ङिमदोर्जि शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा र उपभोक्ता समितिका अध्यक्ष आङ दावा शेर्पाले सो सेण्टर्को संयुक्त रूपमा उद्घाटन गरेका थिए।

गाउँपालिकाको मुख्य प्रवेशद्वार मानिएको वडा नं १ खरिखोलामा साहसिक पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले रक क्लाइबिङ सेन्टर निर्माण गरिएको बताइएको छ। गाउँपालिकाभित्र सबै भन्दा बढी पर्वतारोही रहेको कारण ‌पनि रक क्लाइबिङ सेन्टर आवश्यक रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्