गुल्मीमा जीप दुर्घटना, मृतको संख्या ६ पुग्यो
शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा इश्मा ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

