जनतालाई अप्ठेरो पर्दा टाउकोले टेकेर उभिने प्रयत्न गर्ने सोलु नेकपाका उम्मेदवार राईको प्रतिबद्धता
सोलुखुम्बु,२५ फागुन । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता अशिम राईले सोलुखुम्बु जिल्लाको विकास,समृद्धि र जनतालाई अफ्ठ्यारो पर्दा टाउकोले टेकेर उभिने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हालै सम्पन्न प्रतिनिधि सभा निर्बाचनमा नेकपाका उम्मेदवार रहेका राईले सामाजिक सञ्जालमार्फत मत परिणामले जित दिन नसके पनि धेरै आमाबुबाको आशिर्वाद,युवाहरूको उत्साह र दिदीबहिनीहरूको माया जीवनको अमूल्य सम्झना बनेर रहने उल्लेख गरेका छन् । राई प्रतिनिधि सभा सदस्यमा निर्बाचित प्रकाशसिंह कार्कीका निकटतम प्रतिद्वन्दी हुन्। जिल्लाबासीबाट निर्बाचनका क्रममा प्राप्त साथ,सहयोग र हौसलाले आफुलाई अझ जिम्मेवार बनाएको र भविष्यमा अझ धेरै सेवा गर्ने शक्ति दिएको राईले उल्लेख गरेका छन्।
उनले लेखेका छन्-
आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु !
भर्खरै सम्पन्न निर्वाचनको दौरानमा म घर–घर पुगें, तपाईंहरूका समस्या सुनेँ, तपाईंहरूको आशा र विश्वास महसुस गरेँ। धेरै आमाबुबाको आशिर्वाद, युवाहरूको उत्साह र दिदीबहिनीहरूको माया मेरो जीवनको अमूल्य सम्झना बनेर रहनेछ।सायद मतपरिणामले जित दिन सकेन, तर तपाईंहरूको विश्वासले मलाई कहिल्यै हार्न दिएको छैन। तपाईंहरूले दिएको यही भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ र भविष्यमा अझ धेरै सेवा गर्ने शक्ति दिएको छ।मलाई मतदान गर्नुहुने, साथ दिनुहुने र हौसला दिनुहुने सबैप्रति हृदयदेखि नमन गर्दछु। तपाईंहरूको विश्वासलाई म कहिल्यै टुट्न दिनेछैन। गर्नेछु।सबैको जय होस , धन्यवाद !

