अंगत प्रसाद देवकोटाको नेतृत्वमा जुम्लामा जय नेपाल पार्टीको तदर्थ जिल्ला कार्यसमिति गठन



जुम्ला,१० असोज । सभापति अंगत प्रसाद देवकोटाको नेतृत्वमा जुम्लामा जय नेपाल पार्टीको तदर्थ जिल्ला कार्यसमिति गठन गरिएको छ ।

जिल्ला कार्यसमितिको उपसभापतिहरूमा लली शाह र पाण्डव शाही, सचिवमा राज गिरी, कोषाध्यक्षमा डिल्ली खत्री र सहसचिवमा खुम्बी रावल जुम्लामा सम्पन्न भेलाले चयन गरेको छ ।

राष्ट्रवादी नेता कालीबहादुर महतको अध्यक्षतामा र जय नेपाल पार्टीका केन्द्रीय सदस्यहरू बेदबहादुर शाही र मन्सुर सुनारको उपस्थितिमा सम्पन्न भेलाले जिल्ला सदस्यहरूमा पूर्णबहादुर खत्री, सगुन सार्की, लालबहादुर शाही, धन बहादुर सार्की, तुल तिरुवा, बजारे सार्की र गोर कामी चयन गर्‍यो ।

भेलामा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सदस्यहरूको सहभागिता रहेको थियो । भेलाले जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ तथा प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरेर संगठन विस्तारमा अघि बढ्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य वेद बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्