कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न समिति गठन, निर्देशन समितिको संयोजकमा सभापति थापा (नामावली सहित)



काठमाडौं,१० असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति गठन गरेको छ। भदौ १ गते सम्पन्न बैठकले पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो।

महाधिवेशनको तयारीका क्रममा विभिन्न समितिबीच समन्वय र सहजीकरण गर्ने, महाधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउने तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा तत्काल निर्णय लिनुपर्ने अवस्था आएमा आवश्यक संयोजन गर्ने उद्देश्यले समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ।

त्यस्तै, सबै समितिले तोकिएको कार्यविवरणअनुसार जिम्मेवारी पूरा गरे–नगरेको सुनिश्चित गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न समितिहरूलाई जिम्मेवारी दिइएको छ।

पार्टी सभापति थापाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा तोकिएका छन्।

हेर्नुस् नामावली :

प्रतिक्रिया दिनुहोस्