नेचासल्यान गाउँपालिका कर्मचारी संघमा नयाँ समिति
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिका कर्मचारी संघको अध्यक्षमा चेतनाथ कटेल चयन भएका छन्।

पहिलो अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरु कामको सिलसिलामा पालिका भन्दा बाहिर रहेका कारण सो समिति विघटन गरि सोमबार सम्पन्न गरिएको दोस्रो अधिवेशनबाट कटेल अध्यक्ष चयन भएका हुन।यस्तै उपाध्यक्षमा सोनी राई,सचिवमा भिम भट्टराई, सह सचिवमा गोमा कटेल,कोषाध्यक्षमा पार्वती राई चयन भएको नयाँ कार्यसमितिका सचिव भिम भट्टराईले जानकारी दिए।
सदस्यहरुमा राजन राई,भरत कटेल,रमेश कटेल,किपेम्बा शेर्पा, खुसल वि.क,राधिका बास्तोला,मनोज गौतम,विनोद कोइराला, सन्तोष बास्तोला,रामराजा कोइराला,शर्मिला शर्मा,यमला सुनुवार, शर्मिला बस्नेत (निरौला खत्री),भोजराज देवकोटा,अम्बिका कटेल र चुलेन्द्र भट्राई चयन भएको सचिब भट्टराईले बताए।

