सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलिकप्टर सन्चालन सम्बन्धि अन्तरक्रिया सम्पन्न



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु,१० चैत ।सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर सन्चालन सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीको अध्यक्षतामा सल्लेरीमा सम्पन्न सो अन्तरक्रियामा निकुञ्ज क्षेत्रभित्र संचालित हेलि गतिविधि तथा अन्य विषयमा हेलि संचालक, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, खुम्बु पासाङल्हामु गाउँपालिका सहभागी रहेको बताइएको छ। लिखित सहमति बुधबार काठमाडौंमा आयोजना हुने बैठकबाट गर्ने निर्णयसहित अन्तरक्रिया कार्यक्रममा प्रभावकारी र परिणाममुखी मौखिक सहमति भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो।

निकुञ्जद्वारा आयोजित छलफल कार्यक्रममा सोलुखुम्बुका डिएसपी कबित कटुवाल, सरकारी वकिल श्रीराम खनाल, चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पा, खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोगमा समिति अध्यक्ष छिमीछिरिङ शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पा, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय, सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा, बिष्णु रोकाय लेखापाल सिताराम थापा र कैलाश, मनाङ, सििम्रक, हेलि एभरेष्ट, एअर डाइनेष्टी, प्रभु हेलि, अल्टिच्युट एअरका संचालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

 

यी हुन भएका मौखिक सहमति

रहस्य sent Today at 09:41
१. निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उडान भर्ने हेलीकाप्टर अनिवार्य रूपमा लुक्लामा चेक इन/चेक आउट गर्ने

२. हेलिकॉप्टरबाट यात्रा गर्ने पर्यटकले निकुञ्जको प्रवेश अनुमति पाएका र गाउँपालिकाको पर्यटन शुल्क बुझाएको हुनुपर्ने ।

३. पर्वतारोहणका सामानहरू स्याङ्बोचेसम्म हेलीकॉप्टरले ओसार्ने र त्यसभन्दा माथि भरिया र याक/जोप्केबाट ओसार्ने ।

४. उद्धार प्रयोजको लागि उड़ान भर्ने हेलिकॉप्टरले खाद्यान्न लगायत अन्य सामग्री नबोक्ने ।

५. खाद्यान्नलगायत स्थानीय भरिया वा याक/जोप्केबाट ढुवानी गर्न सकिने सामानहरु सकेसम्म सोही माध्यमबाट गर्ने र निर्माण सामग्रीहरूको विवरण खुलाई निकुञ्ज कार्यालयको स्वीकृति लिएर हेलिकॉप्टर मार्फत सम्बन्धित निर्माण स्थलमा ढुवानी गर्न सकिने ।

६. उद्धार प्रयोजन बाहेक अन्य कुनैपनि प्रयोजनका लागि कालापथार र बेस क्याम्पभन्दा माथि हेलीकॉप्टर अवतरण गर्न पूर्ण रूपमा निषेध गर्ने ।

७. कानूनले निषेध गरिएका गतिविधिहरू (जस्तै कुनैपनि प्रकारको छायांकन गर्ने, ड्रोन उढाउने, वन्यजन्तुको अखेटोपाहर र हिमालका ढुङ्गा आदि) हुन नदिन हेलिकॉप्टर सञ्चालकहरूले निकुञ्ज कार्यालयलाई सहयोग गर्ने ।
८. नेपाल सरकारको नियमानुसार दर्ता भई सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सेवा दिने हेलिकॉप्टर कम्पनीहरू निकुञ्ज कार्यालयमा सूचिकृत गर्ने ।

९. माथि सहमत भएका बँदाहरू र अन्य प्रोटोकलहरूको विषयमा निर्णय गरी कार्यान्वयन गर्ने प्रयोजनको लागि हेलीकॉप्टर कम्पनीहरूले २०७७/१२/११ गतेभित्र काठमाडौंमा सम्बन्धित पक्षहरूको बैठक आयोजना गर्ने ।

प्रतिक्रिया दिनुहोस्