राजसंस्था राष्ट्रप्रमुख हुने नयाँ शासन ब्यबस्थाबारे बहस गरौं : अध्यक्ष थापा



 काठमाडौं १८ बैशाख । एक पछी अर्को गर्दै राष्ट्रपति बिबादमा फस्दै गएका बेला राजसंस्था सहितको प्रजातन्त्रको वकालत गर्दै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था रहने शासन प्रणालीबारे बहस गर्ने बेला आएको बताएका छन।

सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन। १४ बर्षको अनुभवबाट पाठ सिकेर राष्ट्र प्रमुखका रुपमा राजसंस्था , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री र स्थानीय स्वायत्त शासन प्रणालीवारे बहस गर्नु आवश्यक रहेको उनको भनाइ छ ।देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिताबिहीन, अविभावकबिहीन र धरातलीय यथार्थ विपरितको व्यवस्था र प्रणाली नै भएको आरोप लगाउंदै अध्यक्ष थापाले अब बहस गरेर नयाँ शासन प्रणालीमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन।

थापाले लेखेका छन्, ‘तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिताबिहीन, अविभावकबिहीन र धरातलीय यथार्थ विपरितको व्यवस्था र प्रणाली हो । पहिलेको व्यवस्था ठीक थियो भन्ने होइन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो ।’ अब जे हुने भैसक्यो । पुरानो व्यवस्थामा फर्कने होईन, सम्भव पनि छैन । १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीवारे बहस गरौं । राष्ट्रिय सहमति कायम गरि अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्