नेचासल्यान : एमालेले गर्‍यो सर्बसम्मत उम्मेदवार सिफारिस,दोहोरिए राजन राई



सोलुखुम्बु।नेकपा एमाले नेचा सल्यानले गाउँपालिकाको वडाध्यक्षसहित सदस्यका उम्मेदवारहरु सर्बसम्मत रूपमा चयन गरेको छ।

बिहिवार सम्पन्न वडा कमिटीको बैठकले वडाध्यक्ष पदका लागि राजन राईलाई सिफारिस गर्ने निर्णय गरेको हो।राई अघिल्लो निर्बाचनबाट निर्बाचित सोही वडाका वडाध्यक्ष हुन्।वडाध्यक्ष निर्बाचित भएपछि वडाको बिकासका लागि गरेका कामका कारण स्थानीयस्तरमा उनको लोकप्रियता झनै बढेको वडाबासीहरु बताउंछन।

बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि खुला सदस्यद्व्यमा प्रेम प्रसाद श्रेष्ठ र तेज कुमार बास्तोला ,खुला महिला सदस्यमा मीनकुमारी राई र दलित महिला सदस्यमा खड्ग कुमारी विक लाई सिफारिस गरेको वडा कमिटीले जनाएको छ।

नेचासल्यान गाउँपालिकाको वडा नं २ मा हिजो मात्रै एमालेले उम्मेदवारहरु सिफारिस गरेको थियो ।अब १,३ र ४ ले उम्मेदवार सिफारिस गर्न बांकी छ।गाउँपालिका अध्यक्षको उम्मेदवार भने यसअघि नै जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको नाम घोषणा भइसकेको छ।उपाध्यक्षसहित बांकी वडाका उम्मेदवारहरु घोषणाको अन्तिम तयारीमा रहेको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्