प्रधानमन्त्री शाहले किन लगाउँछन् कालो चस्मा ? स्वास्थ्य परीक्षण रिर्पोट संसद सचिवालयमा दर्ता



काठमाडौं,९ भदौ । बुधबार संसदमा प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएर सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।

सभामुख डोलप्रसाद अर्याल (डीपी) ले कालो चस्मा नलगाउन राजनीति दलका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पोट चाहिने बताएका थिए ।

प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिर्पोटसहितको पत्र संसद् सचिवालय पुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे । यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने भनेर स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र पुगेको हो ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्दैछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्