सुनको मूल्यवृद्धि उच्च
काठमाडौं, १२ साउन । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको छ।
आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

