प्रतितोला २५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य



काठमाडौं।बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिनमा २५०० रुपैंयाले उकालो लागेको छ ।

हिजो अर्थात बुधबार प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा २५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९९ हजार पुगेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९८ हजार ५०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा एकैदिन ३५ रुपैंयाले बढेर प्रतितोलाको मूल्य १ हजार ३५५ पुगेको छ । हिजो चाँदीको मूल्य १ हजार ३२० रुपैंया रहेको थियो।

प्रतिक्रिया दिनुहोस्