आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर फागुन २२ गतेदेखि बिक्री खुल्ला हुने

काठमाडौं।आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अर्थात १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा उक्त हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
उक्त हकप्रद शेयरमा ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट चैत्र १३ गतेसम्म आवेदन दिन सकिनेछ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले हकप्रद प्रयोजनका लािग फागुन १ गते बुकक्लोज गरिसकेको छ। यस आधारमा माघ २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

