रुकुम घटनाबारे रेखा भन्छिन् ,१७ वर्षकी किशोरीमाथि मानसिक र सामाजिक पिडा किन ?



काठमाडौं २१ जेठ । नायिका रेखा थापाले रुकुमपश्चिमको घटनाका सन्दर्भमा मुख खोलेकी छिन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै प्रश्न गरेकी छन्, ‘राज्यसँग लडनु पर्यो नि, एउटी १७ बर्षकी किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ?’ ‘रुकुम घटनाका दोषीमाथि कारवाही र पीडितलाई न्याय दिइयोस्’
।यस्तो लेख्दै नायिका थापाले अगाडि थपेकी छन्, ‘यस घटनामा जोडिएकी सुष्मा मल्लको बारेमा जसरी चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, त्यसले फेरि पनि उत्पीडित वर्गमाथि प्रहार भयो भन्ने लाग्छ । एउटा दलितसँग प्रेम गर्ने साहस भएकी बालिकाको चरित्रहत्या गरेर न्याय हुन्छ त ? ’ प्रश्न उनको छ. ‘दोषीलाई कानुनी कारवाही हुनुपहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा केटी मान्छेको बेइज्जत गरेर न्याय पाउने हो र ?’
उनले भनेकी छन्, ‘समूहमा बाहुन, छेत्री, जनजाति जोजसलाई गाली गर्नुछ गरे हुन्छ तर एउटा केटी मान्छेको इज्जतमा किन विद्रोह हुन्छ ?’ नायिका थापाको गम्भीर प्रश्न छ ‘दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंसा दिएको कारण ती किशोरी नदीमा हाम्फालेमा कसले जवाफ दिन्छ ?’
‘दलितलाई प्रेम गरेको सट्टामा उसको चरित्रहत्या हुँदैछ । दोषी भएमा कानुनी कारवाही गरियोस् भन्दै थापाले भनेकी छन्, ‘कसैले पनि नबिर्सौं कि एउटा किशोरीको जीवन बर्वाद पारेर न्याय पाउने हो भन्ने कुनै पनि छोरीले भोलि कसैलाई माया गर्ने छैनन् ।’

प्रतिक्रिया दिनुहोस्