भदौ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जले उठायो ३ लाख ६२ हजार ९ सय रुपैयाँ राजस्व

खगिन्द्र राज बास्तोला
सोलुखुम्बु ।२०७८ को भदौ महिनामा २२६ जना विदेशी तथा स्वदेशी पर्यटकहरुले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

जसमध्ये तेस्रो मूलुकबाट ७१, सार्क क्षेत्रका ९६ र आन्तरिक पर्यटक नेपालका ५९ जना रहेको निकुञ्ज स्रोतले जनाएको छ । गत भदौ महिनामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमणका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरे बापत विदेशी पर्यटकबाट २ लाख १३ हजार, सार्क क्षेत्रका पर्यटकबाट १ लाख ४४ हजार र नेपाली पर्यटकबाट ५ हजार ९ सय गरि कुल ३ लाख ६२ हजार ९ सय रुपैयाँ राजस्व सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेलाई प्राप्त भएको निकुञ्जका प्रमुख सरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय विदेशी पर्यटकको लागि ३ हजार, सार्क क्षेत्रका लागि १५ सय र नेपाली पर्यटकका लागि प्रतिव्यक्ति १ सय प्रवेश शुल्क लिइने गरेको छ ।

