जुवा खेलिरहेको अवस्थामा २० जुवाडे पक्राउ



काठमाडौ।काठमाडौंको जोरपाटीमा जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।

जुवातास खेलिरहेका अवस्थामा महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेका जुवाडेहरुबाट प्रहरीले प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।

। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्