सोलुखुम्बुका जनताको जीवन रक्षा पहिलो प्राथमिकता :सांसद राई
सोलुखुम्बु ,७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रीय सदस्य एबम् संघीय संसद प्रतिनिधिसभाका सदस्य हेम कुमार राई ‘सुरबीरूले जिल्लाका आठवटै स्थानीय तहहरुलाइ जिल्ला बाहिर रहेका आफ्ना नागरिकहरुको विवरण अद्यावधिक गर्न आग्रह गर्नुभएको छ।
बन्दाबन्दीको समय निरन्तर लम्बिंदै गएपछि मातहत रहेका सम्पुर्ण नागरिकहरुको वास्तविक अवस्था बुझ्नु सबै जनप्रतिनिधिको दायित्वभएको बताउंदै सांसद राइले सो आग्रह गर्नुभएको हो। पछिल्लो पटक बैशाख १५ गतेसम्मका लागि बन्दाबन्दी लम्बिएपछी विशेष गरी जिल्ला बाहिर अध्ययन गरिरहेका विद्यार्थी र दैनिक ज्यालादारी मजदुरहरु हिंडेरै घर फर्किन बाध्यभएको हृदयबिदारक यथार्थलाई आत्मसात गर्दै यसको समाधानमा सबैपक्ष जुट्नु अहिलेको प्रमुख आवश्यकता भएको सांसद राइको भनाइ छ।सहज परिष्थितिमा जो जहाँ भएपनि त्यसले खासै अर्थ नराख्ने भन्दै उनले संकटको बेलामा जनप्रतिनिधिहरुले आफ्नो वास्तविक दायित्व पुरा गर्न अझ प्रखररुपमा अगाडी आउनुपर्ने बताए।बिश्व नै अहिले कोरोना भाइरस (Covid-19)को महामारीबाट गुज्रिरहेको सन्दर्भमा जिल्लाको जनप्रतिनिधिका हैसियतले सोलुखुम्बुबासी जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिक भएको बताउँदै सांसद राइले रहस्यखबरसंग भने -‘म अहिले यसकै लागि सबै स्थानीय तह र सरकारी निकायहरूसंग समन्वय गरिरहेको छु।’
यस्तो महामारी र संकटको बेलामा एउटा ब्यक्तिले चांहदैमा समस्या हल गर्न नसकिने बास्तविकताको बोध गरेर सबैले हातेमालो गर्दै अगाडि बढ्नुको बिकल्प नरहेको बताउंदै राइले सहजीकरणका लागि सोलुखुम्बुका सबै स्थानीयतह तयार रहेको जानकारी पनि दिए। विभिन्न कामको सिलसिलामा जिल्लाबासीहरु अन्यत्र जानुभएको छ।वहाँहरुको पछिल्लो अवस्था के छ , त्यसको वास्तविकता बुझेर हामीले तदनुरुपको तयारी गर्न तहगत ढंगबाट अगाडि बढ्नु अहिलेको आवश्यकता हो -उनले भने।महासंकटको यो घडीमा कसैलाई भरोसाको, कसैलाई राहतको र कसैलाई उद्दारको आवस्यकता पक्कै छ, -कसलाई कुन किसिमको सहयोग आवश्यक हो, त्यो पहिचान गरेर आफ्नो कदम अगाडी बढाउनु पर्छ ,सांसद राइले अगाडी भने-‘उद्दार गर्नुपर्नेहरुलाइ स्वास्थ्य सम्बन्धि न्युनतम मापदण्ड पूरा गरी गन्तव्यमा पुर्याउन सरकारले नै पहल गर्नुपर्छ।सरकारलाई झकझक्याउने काम पनि हामीले गरिरहेका छौं। ‘ मुलुकभित्र वा बाहिर जंहासुकै रहेका भएपनि नेपाली नागरिकले कोरोना रोग र भोकबाट मर्न दिनुहुंदैन भन्ने कुरामा आफुहरु सजग रहेको भन्दै सांसद राइले मानवीय मूल्य र तिनको जीवन रक्षा सरकारको पहिलो सर्त भएको बताए।नेपाल सरकारले संकटको यो घडीमा जनतासंग प्रत्यक्ष जोडिएका स्थानीय सरकारहरुसंग ठूलो भरोसा राखेको बताउँदै उन्ले भने -म वहाँहरुलाइ संकटको उचित ब्यबस्थापन,राहत र बिवरण संकलनका लागि आग्रह पनि गर्दछु ।बिपत्तिको बेला दिन सक्नेले दिएर र लिन नपर्नेहरुले नलिएर सहयोग गर्न अनुरोध गर्दै सांसद राइले छाक टार्न सकिरहेकाहरूले पनि राहतका लागि हात फैंल्याउंदै जाने हो भने जसको चुल्हो निभेको छ,उनीहरू प्रति अन्याय हुने बताए।राइले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन पनि सबै सोलुखुम्बुबासीहरुलाइ अपिल गरेका छन।