चौंथो स्वयंभू रन सम्पन्न



काठमाडौं । चौंथो स्वयंभु रन एथलेटिक्स प्रतियोगिको खुल्ला पुरुषतर्फको ५ किलोमिटर दौडमा प्रविणकुमार बोहोरा प्रथम भएका छन् । स्वयंभू एथलेटिक्स् ट्रेनिङ्ग सेन्टर क्लबले शनिवार स्वयंभूमा आयोजना गरेको उक्त खुल्ला दौड प्रतियोगितामा पुरुष खुल्ला तर्फ बोहोराले निर्धारित दुरी १८ मिनेट ४२ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् । यसैगरी विकास घिमिरे दोस्रो तथा धर्म महर्जनले तेस्रो स्थान हासिल गरेका थिए ।

यसैगरी प्रतियोगितामा महिला खुल्ला दौड तर्फ बन्दना राई प्रथम, दीपशिखा राई दोस्रो र शोभा लामाले तेस्रो स्थान हासिल गरेकि छिन् । यस्तै महिलाकै १८ वर्ष मुनि समुहमा सोनु घतानी, अन्जु खड्का र सरिता रम्तेल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । पुरुष १८ वर्ष मुनिको समुहमा उदय लिम्बु प्रथम, विश्वराम कुवँर दोस्रो र नारायण खड्का तेस्रो भएका छन् ।

यसैगरी १३ वर्ष मुनिको समुहमा छात्र तर्फ सचिन तामाङ्ग, राजु सुनुवार, सुदेश गुरुङ्ग तथा छात्रा तर्फ एञ्जिला मोक्तान, दक्षिणा भुजेल र खुशी तामाङ्ग क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए ।

यसैगरी प्रतियोगिताको सुपर भेट्रान्स इभेन्ट तर्फ रामकृष्ण महर्जन प्रथम, पुष्पलाल श्रेष्ठ दोसो र किर्तिमानी धावक बैकुण्ठ मानन्धर तेस्रो भए । यस्तै ५० वर्ष माथिको पुरुष भेट्रान्समा दीपक कुमार रञ्जित, विरेन्द्र राज बज्राचार्य र सुरेन्द्र कुमार राई क्रमश पहिलो, दोस्रो र तेस्रो भए । महिलाको ४० वर्ष माथिको समुहमा राधा श्रेष्ठ प्रथम शुष्मा पाण्डे दोस्रो र वसन्ती चौधरी तेस्रो हुन सफल भए ।


प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरेका खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, किर्तिमानी धावक वैकुण्ठ मानन्धर, राखेप सदस्य इन्दिरा निरौला लगायतका अतिथिहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई क्लबका अध्यक्ष रमेश सुनार तथा महासचिव शैलेन्द्रमान श्रेष्ठले मायाको चिनो प्रदन गर्नुभयो । कार्यक्रममा मोर्डन पेन्टाथोलनका खेलाडिहरुले खेल प्रदर्शन गरेका थिए । यस्तै इन्टरनेशनल पिस एकेडेमीका विद्यार्थीहरुले सांस्ृकति नृत्य प्रस्तुत गरेका थिए ।

आयोजक कमिटिका तर्फबाट अतिथि एवं किर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई मायाको चिनो प्रदान गर्दै क्लबका अध्यक्ष एवं प्रशिक्षक रमेश सुनार

 

प्रतिक्रिया दिनुहोस्