नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्दै सन्दीप लामिछाने



काठमाडौं,२५ साउन । सन्दीप लामिछानेले लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसिसि प्रिमियर कप प्रतियोगितादेखि सन्दीपले एकदिवसीय टोलीको कप्तानका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

क्यानले मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि उनकै कप्तानीमा १४ सदस्यीय टोली घोषणा पनि गरेको छ । क्यानले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा आसिफ शेख,अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल,दीपेन्द्रसिंह ऐरी,बासिर अहमद,ईशान पाण्डे, गुलशन झा,सेर मल्ल,ललित राजवंशी,करण केसी,हेमन्त धामी र सन्दीप जोर्रा छन्।

प्रतिक्रिया दिनुहोस्