संसद् रोकेर अध्यादेशमार्फत विधेयक ल्याउनु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत : शाही



काठमाडौं,१५ बैशाख ।राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद् रोकेर अध्यादेशमार्फत विधेयक ल्याई सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत कदम भएको बताएका छन्।

रास्वपाको दुई तिहाइ रहेकाले कुनै पनि विधेयक संसदमा सजिलै पास हुने अवस्था रहेको उनले बताएका छन्। यस्तो परिस्थितिमा संसदलाई छलेर नभई सहकार्य गरेर अघि बढ्न उनले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। 

‘संसदमा तपाईँहरूको झन्डै दुईतिहाइ छ पारित गर्न खोज्नुभएको विधेयक संसदबाट सजिलै पारित हुने सम्भावना छ। त्यसैले संसदलाई छलेर होइन होइन। सहकार्य गरेर अगाडि बढ्नुहोस्’, उनले भनेका छन्। 

उनले यस्ता गतिविधिले प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्नसक्ने भन्दै सचेत गराएका छन्। ‘यस्ता गतिविधिले कालान्तरमा स्वयं प्रधानमन्त्रीज्यूलाई नै अप्ठ्यारो पार्न सक्छ। त्यसैले संसदीय अभ्यासको पूर्ण पालना गर्दै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति बन्द गरी संसदबाटै विधेयक ल्याउन हार्दिक अपिल गर्दछु’, उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्