थुलुङ दुधकोशी : अध्यक्ष राईले गरे एकै दिन दुई सडकखण्डको उद्घाटन




सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले एकैदिन दुई सडकखण्डको उद्घाटन गरेका छन् ।

अध्यक्ष राईले सोमबार गाउँपालिकाको वडा नं ८ देउसाको बुडीडांडा हुंदै हेलीप्याड जोडने सडक र लुर तेम्लोवायाँ हुदै बर्मा दिप्लीघाट जोडने सडकको उद्धघाटन गरेका हुन्।

चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बुडिडाँडा हुदै हेलीप्याड जोडने सडक र १८ लाखको लागतमा सम्पन्न लुर तेम्लोवाया हुदै बर्म दिप्लीघाट जोडने सडकको निर्माण सम्पन्न भएको बताईएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले नागरिकहरुको आवश्यकता अनुसार विकास निमार्ण भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्