गोल्छा च्यारिटी ट्रस्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग



काठमाडौ,२३ भदौ । गोल्छा च्यारिटी ट्रस्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत यही भदौ २२ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग गरेको हो ।

उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुने ट्रस्टको विश्वास छ ।

विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रस्टले सङ्कटको घडीमा राष्ट्रको साथमा उभिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्