मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइँदै
काठमाडौँ,१३ बैशाख । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएको छ । यससँगै सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।

