देउवालाई लक्षित गर्दै पौडेलले भने,- ‘सर्बत्र असफल ब्यक्ति सत्ता सम्हाल्न पुग्नु देशकै बिडम्बना’



काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन समयमै गर्न नसकेको भन्दै सभापति शेरबहादुर देउवालाई असफल ब्यक्तिको संज्ञा दिएका छन् ।

सभापति शेरबहादुर देउवाको नाम प्रत्यक्ष रूपमा नलिएपनि सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेको स्टाटसमा वरिष्ठ नेता पौडेलले उनैलाई लक्षित बुझ्न कठिन छैन । पौडेलले बिधान र संबिधानले निर्दिष्ट गरेको समयमा महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको भन्दै प्रश्न गरेका छन्,-
‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’उनले सर्बत्र असफल ब्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्नु देशकै लागि बिडम्बना भएको टिप्पणी पनि गरेका छन् ।

पौडेल सामाजिक सन्जालमा भनेका छन,-विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?

यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता सम्हाल्न पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्